https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, पुस ९ गते ।
नागरिकलाई सरल, सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले पर्सा गाउँपालिका र ब्रह्मपुरी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी कडरीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्मपुरी गाउँपालिकामा गाउँपालिका अध्यक्ष रामपदार्थ साह तथा पर्सा गाउँपालिकामा गाउँपालिका अध्यक्ष विस्पत यादव धिरेन्द्र प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा दुवै पालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सचिव, पालिकाका कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण तथा नागरिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा नागरिकता सिफारिसका क्रममा आवश्यक पर्ने सम्पूर्ण कागजातहरू वडा कार्यालयबाटै संकलन गरी जिल्ला प्रशासन कार्यालयमा पठाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइयो। यसबाट सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउनुपर्ने झन्झट कम हुने विश्वास व्यक्त गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार, सेवाग्राहीलाई अनावश्यक दुःख नहोस् भन्ने उद्देश्यले नागरिकता सिफारिसका लागि आवश्यक कागजातहरूको चेकलिस्ट वडा अध्यक्षहरूलाई वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार