https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, पुस १० गते ।
मधेश प्रदेश सरकारका नवनियुक्त उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहारलाल कुशवाहालाई उद्योग वाणिज्य संघ लालबन्दीले विशेष कार्यक्रमबीच सम्मान गरेको छ ।


सर्लाही क्षेत्र नं. ३ बाट प्रदेशसभा सदस्य निर्वाचित भई हालै मन्त्री पदको जिम्मेवारी सम्हालेका कुशवाहाको कार्यकाल सफल रहोस् भन्ने कामनासहित संघले स्वागत कार्यक्रम आयोजना गरेको हो।
सम्मान कार्यक्रममा संघका अध्यक्ष महेशकुमार महतो, वर्तमान तथा पूर्व पदाधिकारीहरू, संस्थापक अध्यक्ष देवीबन्धु थापा, पूर्व अध्यक्ष बाबुकाजी नुच्छे प्रधानलगायत उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता थियो ।


कार्यक्रमका क्रममा मन्त्री कुशवाहा र स्थानीय व्यवसायीबीच परिचयात्मक भेटघाट तथा छलफलसमेत गरिएको उद्योगी चिरञ्जीवी खतिवडाले बताए। छलफलमा प्रदेशको उद्योग–व्यवसाय प्रवर्द्धन, ऊर्जा तथा सिँचाइ व्यवस्थापन सुधारका विषयमा साझा चासो व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार