https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, पुस १० गते ।
एकल महिलाको अधिकार संरक्षण, सशक्तीकरण र जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकारका लागि एकल महिला समूह धनुषाको आयोजना तथा व्यवस्थापनमा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको प्रमुख आतिथ्यमा आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मण्डलले एकल महिला सामाजिक, आर्थिक तथा मानसिक रूपमा अझै पनि पछाडि परिरहेको उल्लेख गर्दै दीर्घकालीन सोच र योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। सरकारी निकाय, स्थानीय तह र नागरिक समाजबीचको सहकार्य बलियो बनाएर मात्र एकल महिलाको जीवनस्तरमा सुधार सम्भव हुने उहाँको भनाइ थियो ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर किशोरी साहले एकल महिलाको अधिकार संरक्षण र सशक्तीकरणमा स्थानीय तह सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सीपमूलक तालिम, रोजगारीका अवसर र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इन्सेक नेपाल मधेश प्रदेशका संयोजक राजु पासवानले एकल महिलामाथि हुने विभेद, हिंसा र अधिकार हननप्रति गम्भीर ध्यानाकर्षण गराउँदै कानुनी अधिकारबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने र राज्यको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

सामाजिक परीक्षणका क्रममा सामाजिक परीक्षक अजय साहले संस्थाले विगत एक वर्षमा सञ्चालन गरेका कार्यक्रम, गतिविधि र उपलब्धिबारे विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार संस्थाले एकल महिलाको अधिकार प्रवद्र्धन, कानुनी सहायता, सामाजिक सचेतना, क्षमता विकास तालिम तथा हिंसा प्रभावित महिलालाई परामर्श सेवा प्रदान गर्दै आएको छ । संस्थाको मुख्य उद्देश्य एकल महिलालाई आत्मनिर्भर बनाउँदै सम्मानजनक जीवन यापनको वातावरण सिर्जना गर्नु रहेको स्पष्ट पारियो ।

कार्यक्रममा स्थानीय महिला, सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले एकल महिलाको क्षमता विकास, सामाजिक सुरक्षामा पहुँच र अधिकार सुनिश्चितताका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार