https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, पुस १३ गते ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा गौशाला नगरपालिका–१२ स्थित कान्तिबजारमा आइतबार सार्वजनिक/नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गाउँघरमा बढ्दै गएको चोरी तथा आपराधिक घटनाको मुख्य कारण लागू औषध रहेको बताउनुभयो । लागू औषधको कुलतमा फसेका युवाहरूबाटै चोरी, असामाजिक गतिविधि र अपराध बढिरहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि प्रहरी–प्रशासनको प्रयाससँगै समाज, परिवार र नागरिक स्वयं सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सार्वजनिक सुनुवाइमा उठाइएका शान्ति–सुरक्षा, नागरिकता, स्वास्थ्य संस्था, वडास्तरीय विकास र सेवा प्रवाह सम्बन्धी गुनासा तथा सुझावहरूलाई गम्भीरतापूर्वक लिइने बताउँदै सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नागरिकता, सर्जमिन मुचुल्का लगायत प्रशासनिक सेवामा देखिएका व्यवहारिक समस्यालाई सहज, सरल र पारदर्शी बनाइने उहाँको भनाइ थियो । स्वास्थ्य संस्थामा औषधीको अभाव सम्बन्धी समस्या पनि स्थानीय तहसँग समन्वय गरी समाधान गरिने प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।



कार्यक्रमको अध्यक्षता गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले शान्ति–सुरक्षा कायम गर्न प्रहरीको मात्रै नभई नागरिकको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो । नागरिक सुनुवाइ कार्यक्रमले नागरिकका गुनासा, सुझाव र पृष्ठपोषण संकलन गरी सुशासन प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने उहाँको भनाइ थियो । उहाँले प्रहरीले सेवा प्रवाह गर्दा कुनै किसिमको विभेद नगरी कानुन सम्मत र समन्वयात्मक तवरले काम गरिरहेको उल्लेख गर्दै प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।

वडा नं. १२ का अध्यक्ष कुशेश्वर सिंह कुशवाहाले स्थानीयहरुले उठाएको सवाललाई सम्बाेधन गर्दै कान्तिबजार क्षेत्रमा सडक अव्यवस्थित हुँदा आवतजावतमा समस्या भइरहेकाे बारे सडकमा राखिएका निर्माण सामग्री तथा अन्य अवरोध हटाउन भोलि नै ४० फिट सडक क्षेत्र खाली गराउन सूचना जारी गरिने जानकारी दिनुभयो । सबै स्थानीयलाई सूचनाको कार्यान्वयनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

यसैगरी वडा नं. ११ का अध्यक्ष तथा गौशाला नगरपालिकाका प्रवक्ता रामपृत महतोले नगरपालिकाप्रति उठेका गुनासाहरूलाई कार्यान्वयन गर्ने बताए । कान्तिबजारमा रहेको पशु शाखामा आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराई कार्यालय व्यवस्थापन गराउने उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले सामाजिक सञ्जाल मार्फत पूर्वसूचना दिनुपर्ने, नागरिकता प्राप्तिमा देखिएका समस्या, बिचौलियाको पहिचान गरी सरकारी कार्यालयमा निषेध गर्नुपर्ने, प्रहरी जनशक्ति थप गर्नुपर्ने, जंगली जनावर (हात्ती, बाँदर) बाट बाली नष्ट भएको विषयमा ध्यान दिनुपर्ने लगायतका गुनासा तथा सुझाव राखेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका प्रमुख शेरबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय महोत्तरीका उप–अनुसन्धान निर्देशक चन्दन कुमार झा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी निरीक्षक बाबुराम कार्की, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेशकुमार लामा, वडा नं. ११ र १२ का जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार