https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, पुस १३ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच पार्टी एकीकरण गर्ने निर्णय भएको छ ।

पुस १३ गते काठमाडौँमा बसेको दुवै दलका शीर्ष नेताहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गर्दै एकीकृत राजनीतिक शक्तिको आवश्यकता औँल्याउँदै पार्टी एकीकरणमा अघि बढ्ने सहमति गरेको हो। बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुबै दलका प्रमुख नेताहरू सहभागी थिए ।

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउँदै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा अधिकारमुखी राजनीतिक एजेन्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउन एकता अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। यी साझा मूल्य र सिद्धान्तका आधारमा न्यायपूर्ण तथा समावेशी समाज निर्माणका लागि एकीकृत राजनीतिक शक्ति निर्माण गर्ने निर्णय गरिएको जनाइएको छ ।

दुबै पार्टीबीचको एकीकरणले मधेस केन्द्रित राजनीतिक आन्दोलनलाई मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत समावेशी लोकतन्त्र र सामाजिक न्यायका मुद्दाहरूलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।

एकीकरणसँग सम्बन्धित आगामी कार्ययोजना, संगठनात्मक ढाँचा तथा नेतृत्व व्यवस्थापनबारे आवश्यक गृहकार्य गरी छिट्टै सार्वजनिक गरिने समेत बैठकपछि जानकारी दिइएको छ। नेताहरूले यस निर्णयले संघीयता सुदृढीकरण र समावेशी राजनीतिक अभ्यासलाई थप गति दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार