महाेत्तरी, पुस १४ गते ।
महोत्तरी जिल्लाको क्षेत्र नं. ३ बाट हुने निर्वाचनका लागि पार्टीले गरेको उम्मेदवार छनौट प्रक्रियामा विवाद उठेको छ । स्थानीय कार्यकर्ताहरूले भनेका छन्— पारदर्शी बैठकबाट निस्केको निर्णयलाई बदर गरी केही व्यक्तिको मनाेमानी ढंगले उम्मेदवार सिफारिस गरेको आराेप लगाएको छ ।
असोज ११ गते जनकपुरधामको व्यापार संघमा बसेको बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवारहरूको सूची सहमति गरी “सर्टिफाइड लिस्ट” जिल्ला कार्य समितिमा पठाइएको थियो । बैठकको अध्यक्षता क्षेत्रीय नेता फुलिस राय यादवले गरेका थिए भने केन्द्रीय सदस्यहरू सहित सैकड़ौं कार्यकर्ताको उपस्थितिमा निर्णय भएको थियो ।
तर, स्रोतहरूले जनाएअनुसार, जिल्ला इन्चार्ज प्रकाश पोखरेल र एक अन्य नेता विजय चौधरीले विजय चौधरीकै स्वामित्वमा रहेको तुलसी होटलमा गुप्त बैठक बसाएर उक्त जनहितमूलक निर्णयलाई खारेज गरेका हुन् । विजय चौधरीले आफ्नै पत्नी सहित उम्मेदवार सिफारिसमा “ग्राह्यता” दिएको र त्यसका लागि पैसाको लेनदेन भएको पनि आरोप लागेको छ ।
फुलिस राय यादवले भने, “हामीले संगठनको जनाधारित प्रक्रियाअनुसार निर्णय गरेका थियौं । तर अहिले केही व्यक्तिहरूले आफ्नो स्वार्थका लागि त्यो निर्णय नै बदर गरिदिएका छन् । यसले पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रश्नचिह्न लगाएको छ ।” यस पूरै प्रक्रियाको स्वतन्त्र अनुसन्धानको माग समेत गर्नुभएको छ ।
यदि यी आरोपहरू सत्य निस्के भने, यसले न केवल पार्टीको विश्वसनीयतालाई नै घात गरेको देखिएको उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, अर्को कुराे आगामी निर्वाचन प्रति नागरिकको विश्वासलाई पनि गहिरो रूपमा प्रभावित गर्न सक्ने देखिन्छ ।

