https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, पुस १४ गते ।
गुरुङ समुदायले आज परम्परागत नयाँ वर्षको रूपमा तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने उद्देश्यले मनाइने यस पर्वलाई गुरुङ समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण चाड मानिन्छ ।

‘ल्हो’ शब्दको अर्थ वर्ष र ‘सार’को अर्थ परिवर्तन वा फेरिनु भन्ने भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिएको हो । गुरुङ समुदायले यस दिनलाई नयाँ वर्षको सुरुवातका रूपमा स्वीकार गर्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि आयोजना गर्छन् ।

तमु ल्होसार सूर्यको गति र तापसँग सम्बन्धित पर्व मानिन्छ । गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतजस्ता जिल्लामा पुस महिनामै सूर्यको ताप पहिले महसुस हुने भएकाले यस समयमा ल्होसार मनाउने परम्परा रहेको जानकारहरू बताउँछन् । यसै आधारमा तामाङ समुदायले माघमा र शेर्पा समुदायले फागुन महिनामा ल्होसार मनाउने विश्वास रहेको छ ।

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो रात हुने र त्यसपछि दिन लम्बिँदै जाने भएकाले पनि यस पर्वलाई विशेष महत्वका साथ हेरिने गरिएको छ । तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

पर्वका अवसरमा काठमाडौँको टुँडिखेललगायत विभिन्न स्थानमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । कार्यक्रममा गुरुङ समुदायका महिला र पुरुषहरू परम्परागत भेषभूषामा सजिएर सहभागी हुनेछन् । साथै, गुरुङ समुदायका मौलिक परिकार, नृत्य, गीत तथा सांस्कृतिक झलक प्रस्तुत गरिनेछ ।

तमु ल्होसारले गुरुङ समुदायको भाषा, संस्कृति र पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार