पवन प्रसाद साह
बिरगंज, पुस १५ गते ।
पूर्व श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेवको ५६औँ शुभ जन्मोत्सवको अवसरमा बिरगञ्जमा विशेष माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय, बिरगञ्जको आयोजनामा शहरको ऐतिहासिक घण्टाघर परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले पूर्व युवराजको तस्बिरमा माल्यार्पण गर्दै शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष शाहले देशको इतिहास, राष्ट्रिय पहिचान र चेतनाको संरक्षणका लागि राजसंस्थाको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभयो। उहाँले वर्तमान अवस्थामा पनि राष्ट्रिय एकता र पहिचान सुदृढ गर्न यस्ता मूल्य–मान्यताको स्मरण आवश्यक रहेको धारणा राख्नुभयो ।
माल्यार्पण कार्यक्रममा नेपाल राष्ट्रवाद संघका केन्द्रीय तथा स्थानीय पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सहभागीहरूमा संगिता देवी साह, उमाशंकर कलवार, राजेन्द्र पाल, पृथ्वी झा, सन्तोष कुमार, हरेराम प्रसाद, विष्णु कुमार, राधाकृष्ण चौहान, हरिन्द्र राउत, चुलाइ मिया, ईदा मिया, रामनारायण साह, दिपेन्द्र रौनियार, धुरेन्द्र पटेल, राजेश चौहान, मदन ठाकुर हजाम, लालसा देवी, कमल घिमिरे, अनु राणा लगायतले माल्यार्पण गर्दै जन्मोत्सवको शुभकामना व्यक्त गरेका थिए ।
आयोजक संस्थाका अनुसार यस्ता कार्यक्रमहरूले राष्ट्रिय भावना जागृत गर्नुका साथै ऐतिहासिक धरोहर र परम्पराको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ ।

