https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको जानकारी दिएको हो ।


निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँले सस्तो भएको छ । यस्तै, हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँबाट प्रतिकिलोलिटर ४२ अमेरिकी डलरले मूल्य घटाइएको छ ।


यद्यपि, एलपी ग्यासको खरिद लागत बढेर आए पनि उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार