https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस १८ गते ।
महोत्तरी जिल्लाको शैक्षिक धरोहरका रूपमा परिचित रामानन्द विशेश्वर महेन्द्र क्याम्पस, जलेश्वरको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । नवगठित समितिको अध्यक्ष पदमा श्याम यादव चयन भएको छ भने उपाध्यक्ष पदमा देवेन्द्र साह चयन भएको छ ।

त्यसैगरी समितिका सदस्यहरूमा निवेश मण्डल, दिलीप चौधरी, सरोज साह, विजय साह, रञ्जिता साह र राकेश साह चयन हुनुभएको छ ।

समिति गठन कार्यक्रममा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारको नवनिर्वाचित अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्याम्पसको शैक्षिक उन्नति र गुणस्तरीय शिक्षाको विकासलाई प्राथमिकतामा राख्न समितिको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।



नवगठित व्यवस्थापन समितिका अध्यक्ष श्याम यादवले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, पारदर्शी व्यवस्थापन तथा विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै यस शैक्षिक संस्थाको गरिमा अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

साथै समिति गठन प्रक्रियामा सहयोग तथा समन्वय गर्नुहुने सम्पूर्ण संघ–संस्था, स्थानीय पालिका प्रमुखज्यूहरू, प्रशासनिक निकाय, क्याम्पस परिवार तथा अग्रज महानुभावहरू सबैप्रति नवगठित समितिले हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार