https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस १९ गते ।
महाेत्तरीकाे बर्दिवास नगरपालिकाको आयोजनामा सञ्चालन भएको तेस्रो मेयर कप वडा स्तरीय क्रिकेट प्रतियोगिता आज फाइनल खेलसँगै सम्पन्न भएको छ। अन्तिम प्रतिस्पर्धामा वडा नं. १४ ले टस जितेर पहिले ब्याटिङ गर्दै ८५ रनको लक्ष्य तय गरेको थियो ।


निर्धारित लक्ष्य पछ्याउन मैदानमा उत्रिएको वडा नं. १ ले सन्तुलित प्रदर्शन गर्दै १९.३ ओभरमै ८६ रन पूरा गरी रोमाञ्चक जित दर्ता गर्न सफल भयो। यससँगै वडा नं. १ ले प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।


फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीको जितमा निर्णायक भूमिका खेलेका सुनील मगर ‘म्यान अफ द म्याच’ घोषित भए। यस्तै, प्रतियोगिताभर उत्कृष्ट र निरन्तर प्रदर्शन गरेका पिपल लामा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले चार खेलमा १४७ रन बनाउनुका साथै ८ विकेटसमेत लिँदै ‘बेस्ट ब्याट्सम्यान’को उपाधि पनि हात पारे ।


बलिङतर्फ प्रभावशाली प्रदर्शन गर्दै युकेश ठकुरी ‘बेस्ट बलर’ घोषित भए। उनले चार खेलमा ९ विकेट लिँदा जम्मा ४० रन मात्र खर्चिएका थिए ।


आयोजकका अनुसार यस प्रतियोगिताले नगरभित्रका वडा स्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै स्थानीय खेलकुदको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार