https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कालिकोट, पुस १९ गते ।
वैदेशिक रोजगारीका कारण युवा वर्ग ठूलो सङ्ख्यामा गाउँ छोड्दै जाँदा दुर्गम जिल्ला कालीकोटका गाउँहरू क्रमशः युवाविहीन बन्दै गएका छन्। युवाको अभावसँगै दैनिक जीवनका कठिनाइ झनै बढ्दै गएको स्थानीयको भनाइ छ ।


यातायात र स्वास्थ्य सेवाको पहुँच कमजोर भएका कारण कालीकोटका ग्रामीण भेगमा बिरामी परेपछि उपचारका लागि अस्पताल पुर्‍याउनु ठूलो चुनौती बनेको छ। सडक सञ्जाल नपुगेका अधिकांश गाउँमा एम्बुलेन्स सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई बोकेरै स्वास्थ्य संस्थासम्म लैजानुपर्ने अवस्था छ ।


विशेषगरी गाउँमा बिरामी परेका बेला महिलाहरूले नै स्ट्रेचर वा डोकोको सहारामा बिरामी बोकेर घण्टौँ हिँड्दै नजिकको स्वास्थ्य चौकीसम्म पुर्‍याउने गरेका छन्। युवाको अभाव र भौगोलिक कठिनाइका कारण उपचारको जिम्मेवारी महिलामाथि थपिँदै गएको छ ।


स्थानीयका अनुसार धेरै बस्तीहरूमा नजिकै स्वास्थ्य चौकीको व्यवस्था छैन, न त भरपर्दो सडक यातायात नै पुगेको छ। यसले गर्दा सामान्य उपचारका लागि समेत बिरामीलाई अस्पताल पुर्‍याउन अत्यन्तै कठिनाइ भोग्नुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार