https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दाङ, पुस २३ गते ।
दाङको गढवा गाउँपालिका–१ कालाकाटेस्थित जनता माध्यमिक विद्यालयमा लामो समयसम्म शैक्षिक सेवा प्रदान गरी अनिवार्य अवकाशमा जानुभएका शिक्षक भद्रलाल कुमाल तथा १४ वर्षसम्म लाइब्रेरियनका रूपमा कार्यरत अनिता महतारा क्षेत्रीलाई विशेष कार्यक्रम आयोजना गरी सम्मानसहित बिदाइ गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक वासुदेव वेल्वासेको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित बिदाइ कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष अधिकारीले शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्‍याउने शिक्षकहरू समाजका सच्चा मार्गदर्शक भएको उल्लेख गर्नुभयो। उहाँले शिक्षकले प्रदान गर्ने ज्ञान, संस्कार र मूल्य नै समाज परिवर्तनको आधार हुने बताउँदै कुमाल र क्षेत्रीले विद्यालय र समुदायमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने धारणा व्यक्त गर्नुभयो। साथै उहाँले सेवानिवृत्त जीवनलाई सकारात्मक, सक्रिय र सम्मानजनक रूपमा अघि बढाउन शुभकामना दिनुभयो ।

कार्यक्रममा विद्यालय परिवारतर्फबाट बिदाइ हुने दुवैलाई मायाको चिनो, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सहकर्मी शिक्षक तथा विद्यार्थीहरूले भावुक मन्तव्य व्यक्त गर्दै उहाँहरूको योगदानको स्मरण गरेका थिए।

बिदाइ मन्तव्यका क्रममा शिक्षक कुमाल र लाइब्रेरियन क्षेत्रीले विद्यालयमा बिताएका अनुभव स्मरण गर्दै विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो । उहाँहरूले शिक्षा क्षेत्रप्रति आफ्नो लगाव सदैव कायम रहने बताउँदै विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार