https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २४ गते ।
महोत्तरीको गौशाला–४ मा वीरता सपोर्ट्स क्लब गौशालाको आयोजनामा सञ्चालन भइरहेको स्वर्गीय रामलखन चौधरी स्मृति कप फुटबल प्रतियोगिता २०८२ काे १४ औँ संस्करण अन्तर्गत आज सम्पन्न दुबै खेल निकै रोमाञ्चक बनेका छन् ।

आजको पहिलो खेलमा गौशाला–१२ कान्तिबजारस्थित सामुदायिक विकास युवा क्लब र टुटेश्वर युवा क्लबबीच कडा प्रतिस्पर्धा देखिएको थियो । निर्धारित समयभर दुबै टिमले आक्रामक शैलीमा खेल प्रस्तुत गरे पनि अन्ततः टुटेश्वर युवा क्लबले कान्तिबजारलाई ४–२ गोलको अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियोे ।

त्यसैगरी, आजै सम्पन्न दोस्रो खेल पनि दर्शकका लागि उत्साहजनक रह्यो । जिएम स्पोर्ट्स एकेडमी अपेक्षित प्रदर्शन गर्न नसक्दा तारेचौरी एफसीले अवसरको सदुपयोग गर्दै १–० गोलको जित निकाल्न सफल भयो । यससँगै तारेचौरी एफसीले पनि प्रतियोगितामा आफ्नो विजयी यात्रा सुरु गरेको छ ।

प्रतियोगिताका आगामी खेलहरूमा अझ कडा प्रतिस्पर्धा र रोमाञ्चकता देखिने आयोजकले अपेक्षा गरेका छन् । स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थितिले प्रतियोगिताको वातावरण थप उत्साहपूर्ण बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार