https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २४ गते ।
रतौली युवा क्लबको आयोजनामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा MAW को प्राविधिक सहकार्यमा जलेश्वर नगरपालिका र पिपरागाउँपालिकाका १८ देखि ३५ वर्ष उमेर समूहका ४५ जना युवाहरूलाई लक्षित ६५ दिने सिपमूलक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।


तालिमअन्तर्गत सहभागी युवाहरूलाई इलेक्ट्रिसियन, एसी प्राविधिक तथा रेफ्रिजरेटर मर्मतसम्बन्धी व्यवहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिएको थियो। यस तालिमले युवाहरूलाई स्वरोजगार र रोजगारीका अवसरतर्फ उन्मुख गराउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।


तालिम समापनसँगै आयोजित प्रमाणपत्र तथा टुल्स वितरण कार्यक्रममा समाज कल्याण परिषद्का पदाधिकारीहरू, रतौली युवा क्लबका कार्यकारी सदस्यहरू, कार्यकारी निर्देशक वैद्यनाथ चौधरीसहित क्लबका कर्मचारीहरू तथा MAW का प्रतिनिधि रमेश जैसवालको उपस्थिति रहेको थियो ।


कार्यक्रममा वक्ताहरूले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। सहभागी युवाहरूले प्राप्त सीपलाई व्यवहारमा उतार्दै भविष्य निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार