https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पस २३ गते ।
महोत्तरीको जलेश्वर ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूविरुद्ध कडा निगरानी र कारबाही अभियान तीव्र बनाएको छ । जलेश्वर–भिठ्ठामोड सडकखण्डसहित जलेश्वर–मटिहानी तथा आसपासका ग्रामीण सडकहरूमा ट्राफिक चेकजाँचलाई थप प्रभावकारी बनाइएको हो ।


तीन दिनअघि जलेश्वर ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश श्रेष्ठको सरुवा भएपछि नयाँ इन्चार्जका रूपमा जिम्मेवारी सम्हालेका प्रहरी सहायक निरीक्षक जय नारायण महतोको नेतृत्वमा सडक दुर्घटना न्यूनीकरणलाई लक्ष्य गर्दै विशेष अभियान सञ्चालन गरिएको छ ।


महतोको नेतृत्वमा खटिएको ट्राफिक टोलीले विभिन्न स्थानमा सवारी साधनका कागजात, चालक अनुमति पत्र, हेलमेटको प्रयोग, सिट बेल्टको अनिवार्य प्रयोगलगायत सुरक्षासम्बन्धी मापदण्डहरू कडाइका साथ जाँच गरिरहेको छ। चेकजाँचका क्रममा नवीकरण नभएका कागजात, बीमा नबुझाएका तथा हेलमेट र सिट बेल्ट प्रयोग नगरेका चालकहरूलाई तत्काल कारबाही गर्दै जरिवाना तिराइएको ट्राफिक प्रहरीले जनाएको छ ।


यसका साथै, नियम उल्लङ्घन गर्ने चालकहरूलाई ट्राफिक सचेतनामूलक जानकारीसमेत दिइँदै आएको छ। प्रहरी सहायक निरीक्षक महतोका अनुसार अभियानको मुख्य उद्देश्य ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै सडक दुर्घटनामा कमी ल्याउनु हो ।


स्थानीय बासिन्दाहरूले ट्राफिक प्रहरीको यस सक्रियतालाई सकारात्मक रूपमा लिँदै सडक सुरक्षा र अनुशासन कायम गर्न यस्ता नियमित चेकजाँच आवश्यक रहेको बताएका छन् । निरन्तर निगरानीका कारण सवारी चालकहरूमा ट्राफिक सचेतना बढ्दै गएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार