https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) गौशालाको आयोजनामा विशेष पार्टी प्रवेश कार्यक्रम यही २०८२ साल पौष २६ गते शनिबार गौशाला–५ स्थित घैला बजारमा आयोजना हुने भएको छ ।


आयोजकका अनुसार कार्यक्रमका प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा सहभागी हुनुहुनेछ। बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी रा.स्व.पा.मा आवद्ध हुन चाहने दिदीबहिनी तथा दाजुभाइहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिनेछ ।


नगर सभापति ज्ञानेन्द्र प्रसाद गुप्ताले परिवर्तन र सुधारको यात्रामा जनसहभागिता अनिवार्य रहेको उल्लेख गर्दै पार्टी प्रवेश गर्न इच्छुक आम नागरिक, शुभेच्छुक, नेता तथा कार्यकर्ताहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेका छन् ।


कार्यक्रम मार्फत नयाँ राजनीतिक अभ्यास, पारदर्शिता र सुशासनको एजेन्डालाई स्थानीय तहमा थप सुदृढ बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार