https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २५ गते ।
२०८२ साल असोजमा परेको भीषण वर्षाका कारण प्रभावित बनेका महाेत्तरीकाे जलेश्वर नगरपालिका–३ खैरा क्षेत्रका दलित तथा सिमान्तकृत बस्तीलाई लक्षित गर्दै स्नेह केन्द्रमार्फत राहत सामग्री वितरण गरिएको छ ।

ओरेकको आयोजनामा जलेश्वर नगरपालिकाको सहकार्यमा सञ्चालन भएको स्नेह केन्द्रबाट सेवा लिइरहेका गर्भवती, सुत्केरी तथा वृद्ध महिलामध्ये ५७ जनालाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोगमा विन्टर किट र डिग्निटी किट प्रदान गरिएको हो । वितरण कार्य ओरेकको समन्वयमा सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

विपद्का कारण प्रभावित महिलाहरूको स्वास्थ्य, सुरक्षा र मर्यादा सुनिश्चित गर्ने उद्देश्यले सामग्री वितरण गरिएको बताइएको छ । यस कार्यक्रमले तत्काल राहत प्रदान गर्नुका साथै महिला तथा बालिकाको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार