गाैशाला, पुस २५ गते ।
महोत्तरीको सम्सी गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय, महोत्तरीको आयोजनामा स्थानीय तहसँगको समन्वयमा सेवा प्रवाह, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रशासन तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अन्तरक्रियाका क्रममा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, अपराध न्यूनीकरण गर्ने तथा शान्ति सुरक्षा कायम राख्न आपसी समन्वय सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन स्थानीय सरकार र प्रशासनबीचको सहकार्य आवश्यक रहेको धारणा राखे । साथै, समुदायको सक्रिय सहभागिताबाट मात्रै अपराध नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न सकिने निष्कर्ष निकालिएको थियो ।
जिल्ला प्रशासन कार्यालय, महोत्तरीले यस्ता अन्तरक्रिया कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने जनाएको छ ।



