https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस ३० गते ।
महोत्तरीकाे मटिहानी नगरपालिका–४ अन्तर्गत मझौरा बिसनपुरमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा बिहीबार सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोरी महतोको अध्यक्षतामा आयोजित सभामा स्थानीय तहदेखि सहकारी क्षेत्रका प्रतिनिधिसम्मको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मटिहानी वडा नम्बर ४ का वडा अध्यक्ष मिश्री नायक रहनुभएको थियो भने साना किसान विकास लघुवित्त वित्तीय संस्था, काठमाडौंका पूर्व सञ्चालक सदस्य रबिन्द्र प्रसाद यादव विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सभामा सञ्चालक समिति, लेखा समिति, अन्तरसमूह समिति, शेयर सदस्य, किसान, राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता देखिएको थियो ।

साधारणसभाका क्रममा सहभागीहरूले सहकारी संस्थाको वर्तमान अवस्था, वित्तीय प्रगति, सामना गरिरहेका चुनौती तथा भविष्यका योजनामाथि आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।

संस्थाका प्रबन्धक रामदेव यादवले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै चालू आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट र अद्यावधिक वित्तीय विवरण सार्वजनिक गर्नुभयो । उहाँका अनुसार हाल संस्थाको कुल शेयर १२ करोड ६० लाख १२ हजार ५ सय १० रुपैयाँ पुगेको छ भने ९ करोड १७ लाख १६ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको छ ।

चालू आर्थिक वर्षको असार मसान्तसम्म संस्थाले १ करोड ५५ हजार ८ सय रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी पनि उहाँले दिनुभयो । हाल मटिहानी नगरपालिका वडा नम्बर ४ र ५ का गरी ६१४ जना शेयर सदस्य सहकारीमा आबद्ध छन् ।

गत वर्षको तुलनामा ऋण लगानी र ब्याज असुलीमा सुधार देखिए पनि केही ऋणीको लापरवाहीका कारण संस्थाले अपेक्षित लक्ष्य हासिल गर्न नसकेको प्रबन्धक यादवले उल्लेख गर्नुभयो । बिहान १० बजे सुरु हुने भनिएको साधारणसभा प्राविधिक कारणले केही ढिलाइ भई साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार