https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ १ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले महोत्तरीको क्षेत्र नं. ८ मा क्षेत्रीय विशाल आमसभा आयोजना गर्ने भएको छ । आमसभा २०८२ माघ २ गते पर्सा देवाड मैदानमा, जानकी एकेडेमिक हस्पिटल नजिक सञ्चालन हुनेछ ।

आमसभामा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। यस्तै, पार्टीका केन्द्रीय समन्वय समिति सदस्य शरद सिंह भण्डारी विशिष्ट अतिथि तथा डा. सुरेन्द्र कुमार यादव अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।

कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । आमसभामार्फत पार्टीको राजनीतिक धारणा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

जसपा नेपाल क्षेत्र नं. ८, महोत्तरीद्वारा आयोजित उक्त आमसभालाई सफल पार्न पार्टीले नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई सहभागिताका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार