https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राजेश सिंह
गाैशाला, माघ २ गते ।
जनताको आकांक्षा र वर्तमान समयको आवश्यकता बुझेरै पार्टी एकता गरिएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष मा. उपेन्द्र यादवले बताउनुभएको छ । महोत्तरीको सम्सी गाउँपालिका –१ स्थित पर्सादेवाडमा सम्पन्न क्षेत्रीय विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले देशलाई सही मार्गमा लैजान छाता छापलाई जिताएर पठाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष यादवले नेपाली कांग्रेस र नेकपा एमालेले करिब ३५ वर्षसम्म सत्ता सञ्चालन गरे पनि जनताले अनुभूति गर्ने खालको ठोस परिवर्तन गर्न नसकेको टिप्पणी गर्नुभयो । ती दलहरूले शासन गरे पनि सुशासन, सामाजिक न्याय र समावेशी विकासको अपेक्षा पूरा हुन नसकेको उहाँको भनाइ थियो ।

उहाँले मधेसी, जनजाति, आदिवासी, महिला तथा अन्य पिछडिएका समुदायहरूको अधिकार स्थापित गर्न जसपा नेपाल निरन्तर संघर्षरत रहेको उल्लेख गर्नुभयो । संघीयता, सामाजिक न्याय र समाजवादलाई व्यवहारमा उतार्न पार्टीलाई जनताले बलियो समर्थन दिनुपर्ने उहाँको आग्रह थियो ।

कार्यक्रममा केन्द्रीय समन्वय समिति सदस्य मा. शरद सिंह भण्डारी र डा. सुरेन्द्र कुमार यादवले पनि आ–आफ्नो धारणा राख्दै संगठन विस्तार र जनआधारित राजनीतिलाई प्राथमिकता दिनुपर्ने बताए ।

क्षेत्र नं. ४, महोत्तरी समाजवादी पार्टीद्वारा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौंकाे संख्यामा नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका थिए । स्थानीय स्तरमा उल्लेखनीय सहभागिता सहित सम्पन्न आमसभालाई आयोजकले सफल र उत्साहजनक भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार