https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ २ गते ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टी एकताबद्ध भएर अघि बढ्न सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अपील गरेका छन् । माघ २ गते जारी प्रेस विज्ञप्तिमार्फत सभापति थापाले नेपाली कांग्रेसमा विधि, विधान र पद्दति मजबुत रूपमा स्थापित भएको उल्लेख गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नरहेको स्पष्ट पारेका छन् ।

निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेकोमा आभार व्यक्त गर्दै उनले यो निर्णय नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकहरूले पार्टी सुधार र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको बताएका छन् । उनका अनुसार यसले पार्टी कुनै व्यक्तिको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्ने सन्देश दिएको छ ।

सभापति थापाले विशेष महाधिवेशनमा सहभागी भए–नभएका, सहमत वा असहमत सबैलाई यो विधि र विधानको विजय भएको बुझ्न आग्रह गर्दै संयमित, जिम्मेवार र एकताबद्ध बन्न आह्वान गरेका छन् । कांग्रेस अब नवीन ऊर्जा र आत्मविश्वाससहित रुपान्तरणको दिशामा अघि बढेको र सुधारको यात्रा सुरु भइसकेको उनको भनाइ छ ।

पार्टीभित्र अब कुनै गुट नहुने र गुटगत भागबण्डाको अन्त्य हुने दाबी गर्दै थापाले जिम्मेवारी फरक भए पनि भुइँतहका सदस्य र सभापतिको हैसियत समान हुने स्पष्ट पारे । पार्टी निर्णय आम सदस्यको चाहनाअनुसार हुने उनको प्रतिबद्धता छ ।

नेपाली कांग्रेस कुनै सीमित नेता वा सदस्यहरूको मात्र नभई आम नेपाली जनताको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै उनले देशभित्र र बाहिर रहेका शुभेच्छुकहरूलाई बदलिएको कांग्रेसमा विश्वास गर्न आग्रह गरेका छन् । विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना गर्दै उपलब्धिहरूलाई समयानुकूल संस्थागत गर्ने संकल्प गरिएको उनले बताए ।

सभापति थापाले अब मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नहुने र सत्ताका लागि अप्राकृतिक गठबन्धन गर्ने अभ्यास अन्त्य हुने दाबी गरेका छन् । संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यस यात्रामा जनताको साथ र विश्वास अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

अन्त्यमा, सभापति थापाले सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रजप्रति सम्मान व्यक्त गरेका छन् । साथै नवयुवा तथा सम्पूर्ण नेपाली जनतालाई समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन पुनः हार्दिक अपील गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार