https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २ गते ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप महोत्तरी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख रञ्जिता झाले जानकारी दिनुभयो । निर्वाचनसम्बन्धी कार्यहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको उहाँको भनाइ छ ।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू पनि आजै स्थापना गरिएको हो। ती कार्यालयहरूबाट उम्मेदवार दर्ता, मतदाता सेवा, उजुरी दर्ता, समन्वय तथा अन्य निर्वाचनसम्बन्धी प्रशासनिक कार्यहरू अघि बढाइनेछ ।

निर्वाचन क्षेत्रगत रूपमा निर्वाचन क्षेत्र नम्बर १ का लागि बर्दिवास उद्योग वाणिज्य संघको कार्यालय, निर्वाचन क्षेत्र नम्बर २ का लागि बलवा नगरपालिका–७ स्थित आधारभूत अस्पतालको भवन, निर्वाचन क्षेत्र नम्बर ३ का लागि जिल्ला समन्वय समितिको कार्यालय जलेश्वर तथा निर्वाचन क्षेत्र नम्बर ४ का लागि रामगोपालपुरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आगामी दिनहरूमा उम्मेदवारी दर्ता, नामावली प्रकाशन, दाबी–विरोध तथा आचारसंहिता कार्यान्वयनका प्रक्रिया क्रमशः अघि बढाइने मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार