https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गौशाला, माघ ३ गते ।
स्वर्गीय राम–लखन चौधरीको स्मृतिमा आयोजना गरिएको फुटबल प्रतियोगिता २०८२ को उपाधि सर्लाहीको मियाखोर एफ.सी.ले जितेको छ। वीरता स्पोर्ट्स क्लब, गौशालाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेल माघ ३ गते भव्य रूपमा सम्पन्न भएको हो ।


पुस १९ गतेदेखि सञ्चालनमा आएको प्रतियोगिताको फाइनल खेलमा महोत्तरीको ए.पि.एफ. बर्दिबास र सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित मियाखोर एफ.सी.बीच कडा प्रतिस्पर्धा भएको थियो। हजारौँ दर्शकको उपस्थितिमा भएको खेल निकै रोमाञ्चक बनेको थियो ।


खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको दशौँ मिनेटमा ए.पि.एफ. बर्दिबासतर्फबाट जर्सी नम्बर १४ का सन्देश चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको अन्त्यतिर ए.पि.एफ.का गोलकिपरको सामान्य गल्तीको फाइदा उठाउँदै मियाखोर एफ.सी.ले बराबरी गोल फर्कायो।
निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि नतिजा टाइब्रेकरमार्फत निकालिएको थियो। टाइब्रेकरमा मियाखोर एफ.सी.ले ए.पि.एफ. बर्दिबासलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भयो ।


प्रतियोगितामा ए.पि.एफ. बर्दिबासका सागर चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए भने प्रतियोगिताकै एकमात्र गोलकर्ता सन्देश चौधरी बने। मियाखोर एफ.सी.का गोलकिपर सहनीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याएको भन्दै उनलाई ‘म्यान अफ द सिरिज’ उपाधि प्रदान गरिएको थियो ।


उपाधिसँगै विजेता मियाखोर एफ.सी.ले नगद ८१ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता ए.पि.एफ. बर्दिबासले नगद ४१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार