https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


‘देश र मधेशमाथि गरिएको अन्यायको जवाफ जनताले दिने समय आयो’

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध अघि सारेका मुद्दाका कारण पुनः जेल जानु परे पनि त्यसले आफूलाई विचलित नबनाउने बताएका छन् ।

जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति आत्मविश्वास व्यक्त गरे । देशले नयाँ राजनीतिक विकल्प पहिचान गरिसकेको उल्लेख गर्दै उनले अब व्यक्तिगत भविष्यप्रति चिन्ता नरहेको बताए ।
उनले भने, “हेलिकप्टरबाट उम्किने र निर्दोष बालकमाथि गोली चलाएर सत्ता जोगाउनेहरूले ममाथि लगाएका मुद्दाले मलाई जेल पुर्‍याए पनि म डराउने छैन ।”

लामिछानेका अनुसार अहिलेको परिस्थितिमा देशले परिवर्तनको संकेत देखिसकेको छ, जसले उनलाई ढुक्क बनाएको छ ।

सभामा उनले बच्चामाथि गोली हान्ने सरकारद्वारा देश र मधेशमाथि गरिएको अन्यायको अब हिसाब खोज्नुपर्ने बताए । जनताले असफल नेतृत्वलाई पहिल्यै अस्वीकार गरिसकेको उल्लेख गर्दै उनले अब त्यस्ता शक्तिलाई देश छाड भन्न नपर्ने अवस्था आएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार