https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

क्षेत्र–१ मा ढकाल, क्षेत्र–२ मा मल्ल मैदानमा
स्याङ्जा, माघ ५ गते ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले स्याङ्जा जिल्लाका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।


कांग्रेसले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट आँधीखोला गाउँपालिका–६ निवासी भरतराज ढकाललाई उम्मेदवार चयन गरेको छ । हाल मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष रहेका ढकाल पहिलो पटक प्रत्यक्ष प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेका हुन् । बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव बोकेका ढकाललाई पार्टीले नयाँ अनुहारका रूपमा अघि सारेको छ ।


त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर–२ बाट चापाकोट नगरपालिका–५ का भगवत प्रकाश मल्ललाई उम्मेदवार बनाइएको छ । मल्ल यसअघि २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका अनुभवी नेता हुन् । यद्यपि, उम्मेदवारी तय भए पनि हालसम्म आफूले औपचारिक पत्र नपाएको मल्लले जानकारी दिएका छन् ।


राजनीतिक विश्लेषकहरूका अनुसार ढकालको पेशागत अनुभव र मल्लको राजनीतिक पृष्ठभूमिले कांग्रेसलाई स्याङ्जामा संगठनात्मक र जनआधार दुवै दृष्टिले लाभ पुग्ने अपेक्षा गरिएको छ ।


उम्मेदवार टुंगो लगाएसँगै नेपाली कांग्रेसले स्याङ्जामा चुनावी अभियानलाई तीब्र बनाउने तयारी थालेको छ । पार्टीले स्थानीय विकास, पूर्वाधार विस्तार र जनजीविकासँग जोडिएका मुद्दालाई मुख्य एजेन्डा बनाएर मतदाता भेटघाट कार्यक्रम अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार