बर्दिवास, माघ ६ गते ।
जनता समाजवादी पार्टी (जसपा) का युवा नेता योग नारायण महतोले महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत गगनदेव महतोका अनुसार महतोले निर्धारित समयभित्र आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
मधेस केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका महतोले यस निर्वाचन क्षेत्रमा आफूलाई बलियो दावेदारका रूपमा प्रस्तुत गरेका छन् ।

