https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ ६ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत महोत्तरी जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कूल १४१ जनाले मनोनयन दर्ता गराएका छन् ।


दर्ता भएका उम्मेदवारमध्ये १८ जना महिला र १२३ जना पुरुष रहेका छन्। निर्वाचन क्षेत्रअनुसार उम्मेदवारको संख्या फरक–फरक देखिएको छ ।


निर्वाचन क्षेत्र नम्बर १ मा कूल २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा ३ जना महिला र २२ जना पुरुष रहेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा सबैभन्दा बढी महिला उम्मेदवार देखिएका छन्। यस क्षेत्रमा कूल ३७ जनामध्ये ३२ जना महिला र ५ जना पुरुष उम्मेदवार छन् ।


त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा कूल ४२ जनाको उम्मेदवारी परेको छ, जसमा ३९ जना महिला र ३ जना पुरुष रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा कूल ३७ जना उम्मेदवार दर्ता हुँदा ३० जना महिला र ७ जना पुरुष रहेका छन् ।


महोत्तरीमा यसपटक महिला उम्मेदवारको उल्लेख्य सहभागिता देखिएको भन्दै यसलाई राजनीतिक सहभागिताको सकारात्मक संकेतका रूपमा हेरिएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार अब उम्मेदवारी जाँच, नामावली प्रकाशन तथा चुनावी प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार