https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की महिला नेतृ गौरी यादवले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

निर्वाचन अधिकृत नारायणप्रसाद चापागाईंका अनुसार यादवले मंगलबार आवश्यक कागजातसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफ्नो उम्मेदवारी क्षेत्र, प्रदेश तथा देशको समग्र विकास, सुशासन र समृद्धिको लक्ष्यसहित अघि बढाइएको बताइन् ।

उनले जनताको आधारभूत आवश्यकता पूरा गर्नु सरकार र जनप्रतिनिधिको प्रमुख दायित्व भएको उल्लेख गर्दै, जिम्मेवारीबाट विमुख हुने प्रवृत्तिका कारण विकास अपेक्षाअनुसार हुन नसकेको धारणा व्यक्त गरिन् ।

यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै शिक्षित र सचेत युवा पुस्ताको सक्रिय सहभागिताबाट मात्र सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार