https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पाल्पा, माघ ७ गते ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले हातहतियार बझाउन अनुराेध गरेकाे छ । आगामी फाल्गुण २१ गते सम्पन्न हुने निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले हतियार बुझाउन भनेकाे हाे ।

प्रशासनले ईजाजत प्राप्त हातहतियारहरु यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नजिकको प्रहरी ईकाई वा जिल्ला प्रहरी कार्यालय, पाल्पामा अनिवार्य रुपमा बुझाउनुहुन सूचित गरेकाे हाे ।

यसरी बुझाईएका हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भएको मितिले एक महिना पश्चात सम्बन्धित धनीले फिर्ता पाउने गरी सुरक्षितसाथ राखिने सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयाे ।

तोकिएको समय सीमा भित्र हातहतियार नबुझाएमा वा अटेर गरेमा प्रचलित कानुन बमोजिम कारबाही अगाडी बढाइने उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार