https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, माघ ९ गते ।
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरिँदै छ । वसन्त ऋतुको आगमनसँगै मनाइने यस पर्वलाई ज्ञान, विद्या, विवेक र सृजनशीलताको प्रतीकका रूपमा लिइन्छ ।

सरस्वती मातालाई विद्या र कलाकी देवी मानिने भएकाले आजको दिन साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले विशेष श्रद्धाका साथ पूजा गर्ने चलन छ । अध्ययन र सृजनासँग जोडिएका सामग्री—जस्तै कलम, कापी, कुची, वाद्ययन्त्र लगायतलाई सरस्वतीको प्रतीक मानी पूजा गर्ने परम्परा समाजमा व्यापक रूपमा प्रचलित छ ।

धार्मिक मान्यताअनुसार वसन्त पञ्चमीको दिन नयाँ विद्या आरम्भ गर्न अत्यन्त शुभ मानिन्छ । त्यसैले आज धेरै स्थानमा साना बालबालिकालाई अक्षरारम्भ गराउने, विद्यालय तथा शिक्षालयहरूमा विशेष पूजा आयोजना गर्ने तथा शैक्षिक र सांस्कृतिक गतिविधि सुरु गर्ने चलन देखिन्छ ।

यसैगरी तान्त्रिक परम्परामा सरस्वतीलाई तन्त्र साधनाको देवी तारादेवीका रूपमा समेत पूजा गर्ने विश्वास रहेको उल्लेख पाइन्छ । वसन्त पञ्चमीले ज्ञान, शिक्षा र संस्कृतिप्रति सम्मान व्यक्त गर्ने पर्वका रूपमा नेपाली समाजमा विशेष महत्व राख्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार