काठमाडौं : वसन्त पञ्चमी (श्रीपञ्चमी) का अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार आज माघ ९ गते शुक्रबार वसन्त पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
मन्त्रालयद्वारा जारी सार्वजनिक बिदासम्बन्धी सूचनामा वसन्त पञ्चमीलाई धार्मिक तथा सांस्कृतिक महत्वको पर्वका रूपमा लिइँदै आएको उल्लेख गरिएको छ । सो अवसरमा प्रदेशअन्तर्गतका सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।
प्रदेश सरकारको यो निर्णयसँगै लुम्बिनी प्रदेशमा वसन्त पञ्चमी श्रद्धा र भक्ति साथ मनाउन सहज वातावरण सिर्जना भएको छ ।


