https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सुर्खेत: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा देखिएको उम्मेदवारसम्बन्धी विवाद अन्ततः समाधान भएको छ। पार्टीका नेता महेन्द्रबहादुर शाहीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै शाहीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

शुक्रबार (माघ ९) बुढाले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन्। नेकपा कालीकोटका अनुसार उम्मेदवारी फिर्ता लिनुअघि बुढा र शाहीबीच जनतामाझ नयाँ कार्यशैलीका साथ अघि बढ्ने विषयमा समझदारी भएको छ ।

महेन्द्रबहादुर शाही २०७० सालदेखि कालीकोटबाट निरन्तर निर्वाचित हुँदै आएका छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाबाट पुनः उम्मेदवार बनेपछि जीवन बुढाले असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पार्टीभित्र देखिएको यो विवाद समाधान गर्न शुक्रबार नेकपाका संयोजक पुष्पकमल दाहल ‘प्रचण्ड’को समेत सहभागितामा जुममार्फत बैठक आयोजना गरिएको थियो। उक्त छलफलपछि दुबै पक्षबीच सहमति जुट्दै विवाद टुंगिएको पार्टीले जनाएको छ ।

उम्मेदवारी फिर्तासँगै नेकपा कालीकोटमा चुनावी प्रतिस्पर्धा एकढिक्का रूपमा अघि बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार