https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, माघ ९ गते ।
रक्सौल शहरमा प्रतिष्ठित ब्रान्डका शोरूमहरू खुल्ने क्रम निरन्तर जारी छ । यसै क्रममा शुक्रबार भारतीय भन्सार नजिकै रहेको जालान कम्प्लेक्समा के–लाउन्ज मेन्सवेयरको विशेष शोरूमको भव्य उद्घाटन गरिएको छ ।

शोरूमको उद्घाटन स्थानीय विधायक प्रमोद कुमार सिन्हा तथा शोरूम सञ्चालकहरू हेमन्त जालान, प्रशान्त जालान, भरत जालान, मनोज जालान, मनीष जालान, दीपक जालान, सुमित जालान, अमित जालान र रोहित जालानले संयुक्त रूपमा रिबन काटेर गरेका हुन् ।


उद्घाटन समारोहमा शहरका प्रतिष्ठित व्यक्तित्व, व्यापारी, फेसन प्रेमी तथा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । उद्घाटनपछि अतिथिहरूले शोरूमको अवलोकन गरेका थिए ।


यस अवसरमा के–लाउन्जले किलर, लोम्यान, इन्टिग्रिटी र इज कम्पनीलगायत भारत तथा विदेशका नामचिनिएका ब्रान्डका नवीनतम तथा ट्रेन्डी कपडाहरू एउटै छानामुनि उपलब्ध गराउने जानकारी दिएको छ । आधुनिक सजावट, आकर्षक भित्री संरचना र सहज किनमेल अनुभवका साथ शोरूमलाई डिजाइन गरिएको छ ।


कार्यक्रममा बोल्दै विधायक प्रमोद कुमार सिन्हाले के–लाउन्जको भव्यता, ब्रान्ड सङ्कलन तथा ग्राहक–मैत्री व्यवस्थाको प्रशंसा गरे। उनले अन्तर्राष्ट्रिय महत्वको शहर रक्सौललाई फेसन हब बनाउन जालान परिवारले दिएको योगदान सराहनीय रहेको बताए । रक्सौलमा यस्ता ब्रान्डेड शोरूमको लामो समयदेखि आवश्यकता रहेको उल्लेख गर्दै उनले यसले युवापुस्ता तथा फेसनप्रेमीहरूलाई अन्य शहर जानुपर्ने बाध्यता हटाउने विश्वास व्यक्त गरे ।


शोरूम सञ्चालकहरूले के–लाउन्जमा कोट, जिन्स, शर्ट, टी–शर्ट, सुट, औपचारिक, क्याजुअल तथा जातीय पहिरनहरू आकर्षक छुटसहित उपलब्ध रहेको जानकारी दिए। युवादेखि परिवारसम्म सबै वर्गका लागि गुणस्तरीय, स्टाइलिश र किफायती कपडा उपलब्ध गराउनु नै के–लाउन्जको लक्ष्य रहेको उनीहरूको भनाइ थियो ।

उद्घाटन समारोहको विशेष आकर्षण शोरूम सञ्चालकका भाइ भरत जालानको उपस्थिति रहेको थियो, जो हाल संयुक्त राज्य अमेरिकाको मिनियापोलिस विश्वविद्यालयमा वैज्ञानिकका रूपमा कार्यरत छन् ।

कार्यक्रमको अन्त्यमा लाउन्ज व्यवस्थापनले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै के–लाउन्ज शहरवासीका लागि फेसन र विश्वासको नयाँ केन्द्र बन्ने विश्वास व्यक्त गर्‍यो ।


उद्घाटन समारोहमा लायन्स क्लबका अध्यक्ष विमल कुमार सर्राफ, रजनीश प्रियदर्शी, के–लाउन्ज एरिया सेल्स म्यानेजर शशी रञ्जन, सेल्स म्यानेजर कुणाल कुमार, मास्टर फ्रान्चाइजी इन्द्रजित कुमार, चेम्बर अफ कमर्स रक्सौलका अध्यक्ष राकेश कुशवाहा, कार्यकारी अध्यक्ष आलोक कुमार श्रीवास्तव, महासचिव शम्भु प्रसाद चौरसिया लगायत शहरका धेरै प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार