https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ ९ गते ।
सशस्त्र प्रहरी बल, नेपालको २५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) शुक्रबार महोत्तरी जिल्लामा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीको परिसरमा आयोजित उक्त समारोह महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा अमर सशस्त्र प्रहरीहरूको स्मृतिमा शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो। साथै अमर सशस्त्र प्रहरीका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। सो अवसरमा अवकाश तथा राजीनामा दिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान गरिनुका साथै सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न व्यवसायिक प्रतियोगितामा विजयी भएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई पुरस्कार, प्रमाणपत्र र कदरपत्र प्रदान गरिएको थियो ।



समारोहमा मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकाका नगर प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, विभिन्न वडाका वडा अध्यक्षहरू, मातहत युनिटका कार्यालय प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, गण तथा मातहत इकाइमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू र भूतपूर्व कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसैबीच, २५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) को शुभ अवसरमा महोत्तरी जिल्लाको सीमा क्षेत्र अन्तर्गत दशगजा इलाकामा भारतीय समकक्षी सुरक्षा बल (एसएसबी) सँग शुभकामना आदान–प्रदान गरिएको छ। साथै निर्वाचनलाई लक्षित गर्दै संयुक्त सीमा गस्तीसमेत सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार