https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ १० गते ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हरिबोल गजुरेलसहित सात जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वको निर्णय र आधिकारिक निर्देशनविपरीत गतिविधि गरेको, उम्मेदवार प्रस्ताव तथा चुनावी प्रचारमा संलग्न भएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको पार्टी स्रोतले जनाएको छ ।


सिन्धुली–२ मा महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन्। उक्त बागी उम्मेदवारलाई समर्थन गरेको भन्दै नेता गजुरेलमाथि अनुशासन उल्लंघनको आरोप लगाइएको छ । सो निर्वाचन क्षेत्रमा नेकपाले राजन दाहाललाई आधिकारिक उम्मेदवार बनाएको छ ।


निष्कासित हुने अन्य नेताहरूमा दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् । धर्मनाथ साह पार्टी परित्याग गरी सिराहा–४ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् ।


लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका कुलप्रसाद केसीले दाङ–१ बाट बागी उम्मेदवारी दिएका थिए । पार्टीले मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार