गाैशाला, माघ ११ गते ।
मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचनमा महिला, अल्पसंख्यक, दलित र अन्य गरी चारवटै क्लस्टरका उम्मेदवारको टुंगो लागेको छ ।
महिला क्लस्टर
महिला क्लस्टरतर्फ नेकपा एमालेकी रेखा झा ७ हजार २२२ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका प्रतिस्पर्धी नेकपाकी शमी कुमारी अग्रवालले १ हजार ९४४ मत प्राप्त गरिन् भने जसपाकी चन्द्रकला देवी साहले ३२२ मत पाएकी छन्। यस क्लस्टरमा ३५७ मत बदर भएको छ ।
अल्पसंख्यक क्लस्टर
अल्पसंख्यक क्लस्टरतर्फ नेपाली कांग्रेसका रंजित कर्ण ८ हजार ९३ मतसहित विजयी भएका छन्। नेकपाका रामनन्दन प्रसादले १ हजार ३६१ मत ल्याउँदा जसपाका शैलेश कुमार चौधरीले २७७ मत प्राप्त गरेका छन्। यसतर्फ ११४ मत बदर भएको छ ।
दलित क्लस्टर
दलित क्लस्टरतर्फ कांग्रेसका धर्मेन्द्र पासवानले ७ हजार ९०४ मतसहित जीत हात पारेका छन्। नेकपाका रामनन्दन प्रसादले १ हजार ३७६ मत र जसपाकी चमेली देवी दासले २०९ मत प्राप्त गरेकी छन्। १८६ मत बदर भएको जनाइएको छ ।
अन्य क्लस्टर
अन्य क्लस्टरतर्फ जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर ७ हजार ७२५ मत ल्याएर विजयी भएका छन्। नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मत प्राप्त गरेका छन् भने ३१५ मत बदर भएको छ ।
निर्वाचन अधिकृतका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मधेश प्रदेशमा कुल १०० मध्ये ९९ जना प्रदेश सभा सदस्य र २६४ मध्ये २४२ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख (मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष) ले मतदानमा सहभागिता जनाएका थिए ।


