https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु, माघ १२ गते ।
भन्सार कार्यालय कृष्णनगरले ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।

कार्यक्रमका अवसरमा चालु आर्थिक वर्षमा सबैभन्दा बढी भन्सार राजस्व बुझाउने दुई उद्योगलाई सम्मान गरिएको छ। राज्यको आम्दानी वृद्धिमा योगदान पु¥याएको भन्दै कपिलवस्तुको विजया स्टील प्रालि र दाङको सम्राट सिमेन्ट प्रालि लाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।

कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम ले विजया स्टील प्रालिले ५४ करोड ७७ लाख रुपैयाँ र सम्राट सिमेन्ट प्रालिले ४४ करोड ८६ लाख रुपैयाँ भन्सार राजस्व बुझाएको उल्लेख गर्दै दुबै उद्योगको योगदान प्रशंसनीय रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी गौतमले भन्सार प्रणाली क्रमशः प्रविधिमैत्री बन्दै गएकाले व्यवसाय गर्न सहज वातावरण सिर्जना हुँदै गएको बताए। उनले वैध तरिकाबाट मालसामान आयात गरी भन्सार तिरेमा राज्यको राजस्व वृद्धि हुनुका साथै व्यापारी र आम नागरिक सबैलाई फाइदा पुग्ने उल्लेख गरे।
खुला सीमाका कारण हुने तस्करीले राज्यको राजस्वमा गम्भीर असर पार्ने भन्दै उनले त्यसको नियन्त्रणका लागि सरकार, व्यापारी र नागरिक सबैको सहकार्य आवश्यक रहेको बताए ।

भन्सार कार्यालयले सेवा–सुविधा सुधार गर्दै लगेकाले कारोबार अझ पारदर्शी र प्रभावकारी बन्दै जाने उनको भनाइ थियो।
कार्यक्रममा भन्सार कार्यालयलाई सहयोग पु¥याउने भन्सार एजेन्ट, कर्मचारी तथा आधा दर्जनभन्दा बढी संघ–संस्थालाई पनि सम्मान गरिएको छ ।

सो अवसरमा कृष्णनगर भन्सार प्रमुख फणिन्द्र खतिवडा ले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ५१ करोड ५९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।

लक्ष्यको ८६ प्रतिशतभन्दा बढी राजस्व संकलन भइसकेको र बाँकी अवधिमा वार्षिक लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।
उनले भन्सार विभागले ल्याएको छैटौँ सुधार कार्यक्रम कार्यान्वयनमा रहेकाले आगामी दिनमा भन्सार सेवा अझ सरल, छरितो र प्रभावकारी हुने बताए ।

कार्यक्रममा व्यापारी प्रेमशंकर शुक्ला ले भन्सार र व्यापारीबीच थप समन्वय आवश्यक रहेको उल्लेख गर्दै व्यापारीमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कृष्णप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, शिवराज ओझा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भन्सार कार्यालय कृष्णनगरका सूचना अधिकारी मयंक कर्ण का अनुसार कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी, व्यापारी, भन्सार कर्मचारी, पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार