https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बारा, माघ १४ गते ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा एकै परिवारका आमा–छोराको हत्या भएको छ । प्रहरीका अनुसार आज बिहान करिब ३ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डललाई मारिएको हो ।

घटनामा परिवारका अन्य सदस्य, ५० वर्षीय जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । दुवैलाई परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजय राज पण्डितले हत्याको कारण र आरोपीको पहिचान अहिलेसम्म खुल्न नसकेको बताएका छन् । प्रहरी घटनाको अनुसन्धान तीब्र रुपमा अघि बढाइरहेको छ र तालिम प्राप्त कुकुरको सहयोगमा संदिग्धको खोजी भइरहेको छ। यस घटनाले स्थानीय क्षेत्रमा ठूलो त्रास फैलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार