बाजुरा, माघ १४ गते ।
मङ्गलबार रातिदेखि बाजुरामा वर्षासँगै भारी हिमपात भएको छ । जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात परेको छ ।
हिमपातका कारण हिमालीका विच्छ्या, रुगिन, बाँधु, गौमुलका अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँका जनजीवन प्रभावित भएका छन् । वर्षासँगै परेको हिमपातले गहुँ बाली सप्रन सक्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले जानकारी दिए ।

