https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गौशाला, माघ १४ गते ।
महोत्तरीको गौशाला नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को बुधबार उद्घाटन गरिएको छ । शिक्षा तथा खेलकुद शाखाको आयोजनामा संचालन भएको प्रतियोगिताको औपचारिक उद्घाटन एक विशेष कार्यक्रमकाबिच गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतोले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै नगरपालिकाले खेलकुद प्रवर्द्धनका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षा शाखा संयोजक संजय महतोको अध्यक्षता रहेको थियो भने नगर प्रमुख डा. दिपेन्द्र महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । विशिष्ट अतिथि ओम बहादुर अधिकारी, वडा नम्बर ४ का अध्यक्ष रामु महासेठ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिकाहरू तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा अनुशासित मार्चपास्ट प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

प्रतियोगितामा सामुदायिक र निजी गरी जम्मा १८ वटा विद्यालयहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत विभिन्न खेल विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुने बताइएको छ । आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, खेल भावना र नेतृत्व विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार