https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ १५ गते ।
मामा घर जान भन्दै करिब एक महिनाअघि घरबाट निस्केकी एक युवती बाँकेको डडुवा गाउँपालिका–३, बनकट्टीमा मृत अवस्थामा भेटिएकी छिन् । हत्या गरी इनारमा फालिएको अवस्थामा सडिसकेको शव फेला परेपछि गरिएको अनुसन्धानमा ती युवतीकै प्रेमी संलग्न रहेको खुलेको छ ।

घटना डडुवा गाउँपालिका–३ स्थित बनकट्टी गाउँको हो । माघ १ गते बिहान करिब साढे १० बजे स्थानीयले गाउँमा रहेको वर्षौंदेखि प्रयोगबिहीन इनारमा सडेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामफेरन कुर्मीको घर पछाडि रहेको उक्त इनारबाट प्रहरीले शव निकालेको थियो । शव अत्यधिक सडिसकेको अवस्थामा रहेकाले तत्काल पहिचान गर्न कठिन भएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा शव करिब एक महिनाअघि नै हत्या गरी इनारमा फालिएको हुनसक्ने देखिएको थियो । मृतकले लगाएका कपडा र गहनाका आधारमा सो शव स्थानीय २१ वर्षीया बसन्ती गोडिया भएको पुष्टि गरिएको छ । शव पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको थियो ।

पोस्टमार्टम रिपोर्टमा टाउको र घाँटीका विभिन्न भागमा गहिरो चोट लागेको उल्लेख गर्दै हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । त्यसपछि घटनालाई हत्या ठहर गर्दै थप अनुसन्धान अघि बढाइएको थियो ।

परिवारका सदस्यका अनुसार बसन्ती गोडिया करिब एक महिनाअघि मामा घर जान भन्दै घरबाट निस्किएकी थिइन् । तर अनुसन्धानका क्रममा उनी भारतको नानापारास्थित मामा घर नगएको खुलेको बाँकेका प्रहरी प्रमुख (एसपी) अंगुर जिसीले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा गोडिया करिब एक वर्षदेखि आफ्नै घर छेउमा बस्ने २५ वर्षीय राकेश बर्मासँग प्रेम सम्बन्धमा रहेको खुलेको थियो । थप अनुसन्धान गर्दा बर्माले नै बसन्तीको हत्या गरी शव इनारमा फालेको स्वीकार गरेको एसपी जिसीले बताए ।


प्रहरीका अनुसार आफू सँग प्रेम सम्बन्ध रहँदारहँदै बसन्तीको अन्य युवकसँग पनि सम्बन्ध रहेको थाहा पाएपछि आक्रोशमा आएर हत्या गरेको बर्माले बयान दिएका छन् । घटनाको रात करिब ११ बजे प्रेमिकासँग कुरा गर्नुपर्छ भन्दै घरबाट बोलाई नजिकैको लाहरी बारीमा लगिएको र त्यही विवाद हुँदा टाउकोमा प्रहार गरी हत्या गरेको उनले स्वीकार गरेका छन् ।

घटनापछि आरोपीलाई नियन्त्रणमा लिई कानुन बमोजिम आवश्यक अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार