https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ १६ गते ।
देश र जनताको स्वतन्त्रता तथा अधिकारका लागि जीवन आहुति दिने शहीदहरूको सम्झनामा आज देशभर शहीद दिवस मनाइँदैछ। प्रजातन्त्र स्थापनाका क्रममा बलिदान दिएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि संघर्ष गर्ने धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत ज्ञात–अज्ञात सम्पूर्ण शहीदहरूको सम्मानमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने परम्परा छ।
राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन शासकहरूले ती शहीदहरूलाई मृत्युदण्ड दिएका थिए । उनीहरूको त्याग र बलिदानकै परिणामस्वरूप नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था स्थापनाको बाटो खुलेको मानिन्छ ।

शहीद दिवसको अवसरमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ घोषणा गरी देशभर विविध चेतनामूलक तथा श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिँदै आएको छ। विसं २०१२ सालदेखि काठमाडौँ नगरपालिकाको अगुवाइमा औपचारिक रूपमा शहीद दिवस मनाउन थालिएको हो ।

इतिहासअनुसार, १९९७ सालमा स्वतन्त्रताको पक्षमा आवाज उठाएकै कारण शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथचन्द्र ठाकुरलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार