https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ १६ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रामनगरमा माघ १४ गतेको रातमा ७३ वर्षीय रासो देवी यादव सधैँझैँ आफ्नै ओछ्यानमा सुतेकी थिइन् । कसैले सोचेको पनि थिएन—त्यो उनको आफ्नै घरमा बिताएको अन्तिम रात भयो ।

बिहान उज्यालो हुँदा छोरा हरी यादव र परिवारका सदस्यहरूले रासो देवीलाई कोठामा भेटेनन् । ७३ वर्षको उमेर, रातको समय, आखिर उनी कहाँ जान्थिन् होला ? खोजी सुरु भयो, गाउँभरि हल्ला चल्यो, तर उनी कतै भेटिइनन् । वृद्ध आमा बेपत्ता भएपछि परिवारमा सन्त्रास र छटपटी फैलियो ।

दुई दिनसम्मको निरन्तर खोजीपछि माघ १६ गते त्यो खबर आयो, जसले परिवारलाई छाँगाबाट खसाले जस्तै बनायो । घरकै अगाडि रहेको उखुबारीमा रासो देवीको शव फेला पर्यो । तर, त्यो सामान्य अवस्थामा थिएन । निबस्त्र अवस्थामा भेटिएको उनको शव र घटनास्थलको प्रकृतिले सबैको आङ सिरिङ्ग बनायो ।

सुतिरहेको मान्छे कसरी हरायो? के उनलाई कसैले जबरजस्ती त्यहाँसम्म पुर्‍यायो ? शवको प्रकृतिले हत्याको गहिरो संकेत गरेको छ । उखुको बाक्लो झ्याङभित्र एउटी वृद्धाको शव भेटिनुले गाउँमा त्रास फैलाएको छ ।

प्रहरीले यतिबेला घटनास्थललाई सुरक्षा घेरामा राखेको छ । मुचुल्का उठाउने र प्रमाण संकलन गर्ने काम भइरहेको छ । कसले र किन यस्तो क्रुरता देखायो भन्ने प्रश्नको उत्तर अब प्रहरी अनुसन्धानको पर्खाइमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार