गाैशाला, माघ १६ गते ।
जनता समाजवादी पार्टी नेपालले बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ बहुअरीमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। आगामी निर्वाचनलाई केन्द्रमा राखी आयोजना गरिएको भेलामा पार्टीको संगठनलाई थप सशक्त बनाउने तथा चुनावी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो ।
भेलामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले मधेसका नागरिकहरूको अधिकार, सामाजिक समानता तथा समावेशी विकासको अभियानमा जसपा नेपालको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता रामचन्द्र सिंह र क्षेत्रीय अध्यक्ष सिताराम लगाउतले बारा निर्वाचन क्षेत्र नम्बर–४ का छाता छापका उम्मेदवार सन्जु साहको पक्षमा वातावरण बनाउन कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँहरूले घरदैलो अभियान, जनसम्पर्क विस्तार र संगठनात्मक मजबूतीमार्फत जनताको भरोसा जित्नुपर्नेमा जोड दिनुभयो ।

