https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिया, माघ १७ गते ।
बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–१ मा अवस्थित जनता परिक्षित नरसिंह आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक (स्कुल ड्रेस) वितरण गरिएको छ। उक्त पोशाक वितरण कार्यक्रम श्रीमती परिक्षित सिंह राणा परिवारको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रमसँगै पतञ्जलि योगका गुरु लवदेवद्वारा सञ्चालन हुने दुईदिने योग तालिमको पनि शुभारम्भ गरिएको छ ।आयोजकका अनुसार योग तालिममार्फत विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र नैतिक विकासमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ ।

कार्यक्रमको सभाध्यक्षता दिपा राणाले गर्नुभएको थियो । कार्यक्रममा इलाका प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिहरूमा किरण राणा, अनिल बस्नेत, गेरुवा गाउँपालिका–१ का वडा अध्यक्ष कर्मराज चौधरी, बडघर चन्द्रमान चौधरी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रूपलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्ने अतिथिहरूले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षा, स्वास्थ्य र अनुशासन अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका थिए। योग शिविर टोलीको सक्रिय सहभागितामा सञ्चालन भइरहेको तालिमले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मअनुशासन र ऊर्जाको विकास गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार