https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास, माघ १७ गते ।
नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा कार्यक्रम केन्द्रीय प्रमुख कमान्डर पुष्पराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।

भेलामा प्रदेश अध्यक्ष चन्डेश्वर मण्डल, पार्टी केन्द्रीय सदस्यहरू महमद क्याश र मोबिन आलम, प्रदेश सचिव मनोज पौडेल, उपाध्यक्ष बिचारी यादव, प्रदेश सदस्य शंकर महतो, महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार लक्ष्मी महतो, जिल्ला पार्टी अध्यक्ष बलराम अधिकारी, संगठन हेडक्वाटर सदस्य लभ अधिकारी लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी केन्द्रीय कमान्ड सदस्यहरू हरिनारायण महतो, श्याम मुक्तान, रमेश गोले, मोहन लामिछाने, प्रदीप गुप्ता, सतेन्द्र यादव र अरुणकुमार श्रेष्ठ सहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भेलाले नवराज बस्नेतलाई युनिफाइड प्रमुख कमान्डर र सिताराम यादवलाई सह–कमान्डर चयन गरेको छ। साथै सात सदस्यीय युनिफाइड हेडक्वाटर गठन गर्दै प्रत्येक जिल्लाबाट पाँच–पाँच सदस्य रहने गरी ४९ सदस्यीय कमान्ड समिति बनाइएको छ ।

यस्तै मधेस प्रदेशका १३६ वटै पालिकामा नगर प्रमुख कमान्डर नियुक्ति गरिएको जानकारी दिइएको छ । कार्यक्रमको अन्त्यमा जिम्मेवारी पाएका सम्पूर्ण कमान्डर कम्रेडहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार