गाैशाला, माघ १८ गते ।
साताको पहिलो कारोबार दिन आइतबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले ओरालो लागेको छ ।
मूल्य घटेपछि आइतबार सुनको कारोबार प्रतितोला ३ लाख रुपैयाँमा भइरहेको छ। यसअघि शुक्रबार पनि सुनको मूल्य घट्दै प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो, जुन बिहीबारको तुलनामा २० हजार ५ सय रुपैयाँले कम थियो ।
चाँदीतर्फ पनि गिरावट जारी रहेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य बिहीबारको तुलनामा ४४० रुपैयाँले घट्दै प्रतितोला ७ हजार ६५ रुपैयाँमा सीमित भएको थियो।
यसैबीच अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा तीव्र गिरावट देखिएको छ। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश ४ हजार ८८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंश ८५ डलरमा किनबेच भइरहेको छ ।

