https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जीवनराज दाहाल
बर्दिबास, माघ १९ गते ।
लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो सोमबार बर्दिबासमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा भिडियो विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री र विशिष्ट अतिथि मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापाले संयुक्त रूपमा म्युजिक भिडियो विमोचन गरेका थिए । विमोचनपछि भिडियो प्रोजेक्टरमार्फत उपस्थित दर्शकलाई प्रदर्शन गरिएको थियो ।

गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको छ । शब्द तथा सङ्गीत स्वयं परियारकै रहेको गीतको एरेञ्ज, मिक्स तथा मास्टरिङ राजिव शाहले गरेका हुन् । म्युजिक सिटी डिजिटल, अनामनगरमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट प्रकाश श्रेष्ठ हुन् ।

म्युजिक भिडियोमा सञ्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी राजाराम सिंखडा, छायाङ्कन सन्तोष तिमल्सिना, श्रृङ्गार नितु लामा तथा सम्पादन रोशन धितालले गरेका छन् । भिडियो मिलन फिल्म्स प्रोडक्सन प्रा.लि. द्वारा निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय प्रतिभालाई पहिचान गराउँदै अगाडि बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले गायक परियारलाई व्यवसायिक तथा राष्ट्रिय कलाकारका रूपमा स्थापित गर्न नगरपालिकाले सदैव सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

विशिष्ट अतिथि सारदा देवी थापाले गायक परियारले लामो समयदेखि लोक तथा दोहोरी क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन् । अपेक्षित प्रचार नपाए पनि निरन्तर सङ्घर्ष गर्दै सांगीतिक यात्रालाई अघि बढाइरहेको बताउँदै उनले अब सबै मिडियाले परियारलाई चिनाउन सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका अध्यक्ष समेत रहेका गायक बेल बहादुर परियारले गीत विमोचनका क्रममा आफ्नो सांगीतिक यात्राका आरोह–अवरोह, संघर्ष र साधनाका अनुभव साझा गरे । उनले दर्शक–श्रोताको माया र समर्थनले नै कलाकारलाई ऊर्जा दिने भन्दै सबैलाई आफ्नो सिर्जनालाई हेर्न, सुन्न र माया गर्न आग्रह गरे ।

कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण बिनोद ढुङ्गेलले गरेका थिए भने मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो ।

गायक परियारले यसअघि ‘जाग नेपाली वीर नेपाली’, ‘सिन्धुलीका सुसेलीहरू’, ‘गरौं है रमाइलो’, ‘मिठो सम्झना’ लगायत थुप्रै गीत सार्वजनिक गरिसकेका छन् । हालै सार्वजनिक ‘फूल खसिगो, माया बसिगो’ पनि दर्शक–श्रोताले रुचाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार